प्रचण्ड नेतृत्व सरकारको आयु राष्ट्रपतिको चुनावसम्म : उपेन्द्र यादव

 फागुन १, २०७९ सोमबार २०:२४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको आयु राष्ट्रपतिको चुनावसम्मका लागि हुनसक्ने बताउनुभएकाे छ ।  

कपिलवस्तुमा सोमवार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्ताे बताउनुभएकाे हाे । 

‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार इतिहासकै कमजोर भएकोले भरथेग होस् भनेर जसपाले समर्थन गरेको हो । तर गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता विरोधीहरूले सरकारलाई टिक्न दिने स्थिति देखिएन, राष्ट्रपतिको चुनावसम्म सरकार ढल्ने सम्भावना देखियो’, यादवले भन्नुभयाे ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया