इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारी नदिने बताउनुभएको छ ।
आज कास्कीको पोखरामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेबाट सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको अबस्थामा अब राष्ट्रपति पनि एमालेकै बनाउन नहुँनेमा जोड दिनुभयो । उहाँले अहिलेको सत्ता गठबन्धनको आलोचना गर्दै यो गठबन्धनलाई खिचडीको संज्ञा दिनुभएको छ । संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध हुने खालको सत्ता गठबन्धन नबनेको उहाँको भनाई छ ।
देशको राजनीति अहिले तरल भएको भन्दै उहाँले कल्पना गरेभन्दा फरक हिसाबले चलिरहेको बताउनुभएको छ । उहाँले मेची किनारबाट प्रतिगमनको यात्रा सुरु हुन लागेको समेत टिप्पणी गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।