इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – राष्ट्रिय सभाका सांसदहरूले संसद्लाई बिजनेस नै नदिएको भन्दै सरकारको आलोचना गरेका छन् ।
सत्तारूढ नेकपा (माओवादी केन्द्र) का सांसद नारायणप्रसाद दाहालले मन्त्रीहरूको कार्यशैलीप्रति नै असन्तुष्टि जनाउनुभयो । बिहीवार सिंहदरबारमा आयोजित राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद दाहालले मन्त्री र सचिवले दिनभर गोप्य मिटिङ भनेर समय बिताउने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले बैठक भनेर समय बिताउने मन्त्रीहरूको तौरतरिका ठिक नभएको बताउनुभयो ।
सांसद दाहालले बेलुका सचिवसँग छलफल गरेर दिनभर काम गर्ने गरी समयको व्यवस्थापन गर्न पनि मन्त्रीहरूको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘बिहान मन्त्री र सचिव दुई घण्टा बैठक भनेर बसेका छन् । दिउँसो त्यसो गरेपछि त्यत्तिकै बित्छ । बेलुका सचिवसँग बसेर भोलिका लागि कामको बारेमा छलफल गरे पो हुन्छ । मन्त्रीहरूको काम गर्नै तौरतरिका एकदम गलत भन्ने मलाई लाग्दछ । सङ्घीयता ल्यायाैँ, समितिहरू धेरै भए ।’
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले पनि संसद्लाई बिजनेस नै दिन नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले निजामती कर्मचारी ऐन कहाँ छ भनी सरकारलाई प्रश्नसमेत गर्नुभयो । सांसद पन्तले ऐन बनाउने काममा सरकारले ध्यान नदिएकाले प्रदेश र पालिकाले म गर्न सक्ने अवस्था नरहेको बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘निजामती ऐन कता लुकेको छ ? अहिलेको यो सरकारले संसद्लाई बिजनेश नै दिएन । ऐन भटाभट आउनुपर्याे संसदमा । समिति बस्छन्, त्यस विषयमा छलफल गर्छन्, ऐनकै अभावमा प्रदेश र पालिकाले कानुन बनाएर काम गर्न सकेका छैनन् ।’
सांसद पन्तले सङ्घीयताको कार्यान्वयनमा गम्भीर भएर लाग्न पनि जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । उहाँले महिला जनप्रतिनिधिहरू सङ्घीयताको भावनाअनुसार काम गर्न अझ बढी जिम्मेवार बन्नुपर्ने देखिएको बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।