अनेरास्ववियुको नेतृत्व चयनका लागि मतदान चल्दै

 फागुन ४, २०७९ बिहीबार १८:४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ ।

कमलादीमा रहेको प्रज्ञा भवनमा चलिरहेको मतदानमा विद्युतीय भोटिङ मेशिन प्रयोग भएको छ । अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल, उपाध्यक्षहरू मोती विक, लोकेश निरौला गरी चार जनाको उम्मेदवारी परेको छ । वाङ्छु योञ्जनले भने आफ्नो उम्मेदवारी फिर्ता लिँदै समिक बडाललाई समर्थन गर्नुभएको छ ।

महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्य गरी पाँच जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै चार जना उपाध्यक्षका लागि १६ जना प्रतिस्पर्धामा छन् । १० सचिवका लागि ६१ जना प्रतिस्पर्धामा छन् ।

महाधिवेशनले १७ पदाधिकारीसहित एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । यस्तै १५–१५ सदस्यीय तीन वटा आयोग पनि गठन गर्नेछ । सात वर्षपछि अखिलमा चुनाव भएको हो । यो महाधिवेशनमा १५ सय ८८ प्रतिनिधि छन् ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया