इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्को ध्यान ऐन, कानुन बनाउनेतिर जान नसकिरहेको बताउनुभएको छ ।
आइतवार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद्काे ध्यान ऐन, कानुन बनाउनेतिर जान नसकेको बताउनुभएको हो । देशमा धेरै ऐन, कानुन बनाउनुपर्ने आवश्यकता भए पनि त्यसो हुन नसकेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो देशमा ऐन, कानुनको अभाव छ । यद्यपि हामीले धेरै ऐन बनाउने काम गरेका छौँ । तर बनेका ऐनले त्यति बेलाकै कामहरू गर्न कार्यान्वयनका रूप कति लिएका छन् भन्ने कुरा हाम्रा विभिन्न प्रणाली, खासगरी संसदीय प्रणालीभित्र अपनाइने विभिन्न खालका समिति र तरिकाहरूबाट त्यसको अनुगमन निष्पक्ष ढङ्गबाट हुन सकिरहेको छैन । संसद्को ध्यान पनि त्यतातिर धेरै जान सकिरहेको छैन । संसद्लाई कार्यकारी अथवा सरकारले उचित ढङ्गबाट हेरिरहेको छैन ।’
सभामुख घिमिरेले कतिपय कुराहरू न्यायपालिकामा गएर पनि काममा अवरोध खडा भएको बताउनुभयो । उहाँले कार्यपालिका र व्यवस्थापिकाका बीचमा समन्वय हुनुपर्ने बताउनुभयो । ऐन, कानुन कार्यान्वयनमा देखिएका समस्याको समाधान खोज्नुपर्ने र कार्यपालिकालाई व्यवस्थित गर्नुपर्ने उहाँको भनाइ छ ।
सभामुख घिमिरेले विगतमा भएका युद्धमा प्रभावित मान्छेहरूका लागि सरकारले गम्भीर भएर कुनै पनि काम गर्न नसकेको बताउनुभयो । त्यस्तै संसदमा पनि ती विषयमा आधारित भएर छलफल गर्न नसकिएको भन्दै उहाँले त्यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सभामुख घिमिरेले सरकारलाई संसद्प्रति उत्तरदायी बनाउनुपर्ने बताउनुभयो । उहाँले संसद्लाई नागरिकको आकाङ्क्षा अभिव्यक्ति गर्ने थलोको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राजनीतिक दल र सांसदहरूलाई नागरिकप्रति उत्तरदायी बनाएर संसद् चलाउने दाबी पनि गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।