इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले यस्ताे निर्णय गरेको हो । बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयाे । उहाँले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसको अन्तिम निर्णय प्रधानमन्त्री एवम् पार्टी अध्यक्षलाई दिने निर्णय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आजको पार्टी पदाधिकारी बैठकमा राष्ट्रपतिको बारेमा नै चर्चा भयो । हामीले बैठकमा राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेका छौँ । प्रधानमन्त्रीलाई अन्तिम निर्णय लिन दिने निर्णय भयो र अन्य पार्टीका पदाधिकारीहरूसँग छलफल गर्ने निर्णय भयो ।’
उपाध्यक्ष महराले फागुन १२ गतेसम्म राष्ट्रिय सहमति हुनेमा विश्वस्त रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।