इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
दाङ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति चुनावलाई आफ्नो पार्टीले शक्तिको बाँडफाँटको रूपमा लिने बताउनुभएको छ ।
दाङको भालुवाङमा पत्रकारसँग आज मङ्गलवार कुराकानी गर्दै अध्यक्ष नेपालले राष्ट्रपति बन्न आफूलाई यकिन प्रस्ताव नआएको समेत दाबी गर्नुभयो । ‘अहिले बजारमा हल्ला धेरै छन् । चर्चा परिचर्चा धेरै छन् । यस सन्दर्भमा कुनै टुङ्गो लागेको छैन’, उहाँले भन्नुभयो, ‘चाहना राख्ने कुरा बेग्लै कुरा हो । मैले नै आफू के गर्ने सोचिसकेको छैन ।’
राष्ट्रपतिको उम्मेदवारका विषयमा आफ्नो पार्टीले निर्णय नगरेको उल्लेख गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘पावर शेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । अरूकै लागि सधैँ बलिदान भइन्न ।’ अरूले फाइदा उठाउने कुरा मान्य नहुने उहाँको भनाइ छ ।
राष्ट्रपतिका लागि वृहत् छलफलको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न आफूलाई प्रस्ताव गरेको समाचार सार्वजनिक भए पनि कतिपय कुरा पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने बताउनुभयो । ‘प्रेसमा आएका सबै समाचार साँचो हुन्छन् भन्ने छैन’, उहाँले भन्नुभयो, ‘अहिले नै बोल्ने कुराको हतार गर्नु हुन्न । हतार नगरिकन पर्दाभित्र नै रहन दिनुपर्छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले पार्टीको ध्यान देशको हितको रक्षा गर्नुपर्ने कुरामा सबै गम्भीर हुनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।