डा. रुइतलाई बहराइनमा 'इसा अवार्ड' प्रदान

 फागुन ९, २०७९ मंगलबार २०:३:३ | रासस
unn.prixa.net

काठमाण्डाै – तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत 'इसा अवार्ड' बाट सम्मानित हुनुभएको छ । 

बहराइनमा आज मङ्गलवार आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उहाँलाई अवार्ड प्रदान गर्नुभएको प्रतिष्ठानकी जनसम्पर्क अधिकृत सुनिता केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बहराइनका राजा अल खालिफाले डा. रुइतलाई १० लाख डलर बराबरको अवाडसहित सम्मानपत्र प्रदान गर्नुभएको हो । 

'इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी' संस्थाले उहाँलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै अवार्ड प्रदान गरेको हो । गएकाे माघ महिनामा डा. रुइतलाई यस संस्थाले 'इसा अवार्ड' दिने घोषणा गरेको थियो । 

यस अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए । अन्तिम छ व्यक्ति तथा संस्थाको सूचीमा परेर डा. रुइत छनोट हुनुभएको हो । बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको 'इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी' संस्थाले अवार्ड प्रदान गर्दै आएको छ । 

डा. रुइतले मोतियाविन्दु उपचार गर्ने सरल विधि विकास गर्नुभएको छ । उहाँले प्रतिष्ठानमा अन्धोपन हटाउनका लागि आँखामा हाल्ने अन्तर्राष्ट्रियस्तरको लेन्स 'इन्ट्राअकुलर लेन्स' उत्पादन गर्दै आउनुभएको छ । 

तस्बिर : दीपक गुरुङकाे फेसबुकबाट

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Tanka Magar

    Feb. 21, 2023, 9:06 p.m.

    It's great proud to be nepali Well done Dr.sanduk ruit keep it up

  •  0 Reply

तपाईको प्रतिक्रिया