इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – नेपालका लागि चिनियाँ राजदूत छेन् सङले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बोआओ फोरममा सहभागिताका लागि निम्तो दिनुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर पुगेर राजदूत सङले निमन्त्रणा गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार चैत १४ देखि १७ सम्म चीनको हैनान प्रान्तमा हुने बोआओ फोरमका लागि राजदूत सङले प्रचण्डलाई निम्तो दिनुभएको छ । यो फोरममा प्रधानमन्त्री प्रचण्ड जाने वा नजाने भन्ने निर्णय मन्त्रिपरिषद्ले गर्न बाँकी नै छ ।
नेपालमा राष्ट्रपति चयनलाई लिएर दलहरुबीच छलफल र दौडधुप बढिरहेका बेला राजदूत सङको यो भेटलाई अर्थपूर्ण मानिएको छ । नेपाल आएपछि राजदूत सङले प्रधानमन्त्री प्रचण्डसँग गर्नुभएको यो दोस्रो भेटवार्ता हो । यसअघि गएको माघ २ गते पनि उहाँहरुबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।