सिंहदरबार प्रवेशका लागि फोटो र अवधिसहितको पास वितरणको तयारी

 फागुन १३, २०७९ शनिबार १८:०:३५ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सरकारले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा प्रवेश गर्ने आगन्तुकका लागि फोटो र प्रवेश अवधिसहितको केन्द्रीय पास वितरण गर्ने तयारी गरेको छ ।

पास वितरण तयारी गर्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । मुख्यसचिव शङ्करदास वैरागीको संयोजकत्वमा बसेको बैठकले कम्प्युटर प्रणालीमा आधारित फोटो र अवधिसहितको पास वितरण गर्न गृहसचिव विनोदप्रकाश सिंहलाई निर्देशन दिएको बताइएको छ ।  

त्यस बैठकले सिंहदरबारको पश्चिम प्रवेशद्वारबाहेक अन्य प्रवेशद्वारबाट कर्मचारीलाई प्रवेश गर्न र बाहिर जाने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको जनाइएको छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया