सिरियाको दोस्रो ठूलो शहर अलेप्पोका धेरैजसो क्षेत्र विद्रोही लड...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – चालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ ।
बाग्मती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाण्डौ उपत्यकाका चार वटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू गराएका हुन् । नियम लागू भएपछि दुई पाङ्ग्रे सवारी साधनमा २० प्रतिशतसम्म र चार पाङ्ग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको एकान्तकुनामा रहेको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयको चाप व्यवस्थापन गरेर अनलाइन फाराम भर्नेको परीक्षा लिइरहेको कार्यालयका प्रमुख राजकुमार कपालीले बताउनुभयो । सुरुमा चाप बढी भए पनि पुनः ट्रायल दिने कम हुने उहाँको भनाइ छ । लिखित परीक्षा पास गरेका सेवाग्राहीले एक पटक प्रयोगात्मक परीक्षा पास नहुँदा पुनः दुई पटक मौका पाउने गरेका छन् । उहाँले भन्नुभयो, ‘एकै पटकमा धेरै पास भएपछि दोहोर्याएर र तेहेर्याएर दिने घट्ने भए ।’
प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा नै पास हुने नियम अरू प्रदेशले विगतका वर्षमा नै लागू गरिसकेका थिए । सबैभन्दा बढी सेवाग्राहीको चाप रहेको बाग्मती प्रदेशले भने विभिन्न कारण देखाएर ढिलामात्रै सुरु गरेको थियो । अरू प्रदेशमा चाप अति न्यून रहेको र उपत्यकाबाहिरका जिल्लामा रहेको कार्यालयको एक हप्तामा आउनेभन्दा उपत्यकामा एक दिनमा चाप बढी रहेको प्रमुख कपालीले बताउनुभयो ।
विगतमा शतप्रतिशत ल्याउँदा मात्रै पास हुने नियम लागू हुँदा दुई पाङ्ग्रे सवारी साधनमा ३५ देखि ४० प्रतिशत हाराहारीमा सेवाग्राही पास हुने गरेकामा अहिले ६० प्रतिशत पुगेको पाइन्छ । हलुका सवारी चालकको परीक्षामा सहभागीमध्ये पहिले २० पास हुने गरेकामा अहिले ३५ देखि ४० प्रतिशतसम्म पुगेको कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
नारायण कुमार आचार्य
Feb. 26, 2023, 3:49 p.m.यो ७० प्रतिशतको मापदण्डमा के के कुराहरु पर्दछन् भनेर कार्यविधि बनेको छ होला । त्यो कार्यविधि कहाँ गएर हेर्न सकिन्छ ? सम्पूर्ण यातायात कार्यालयहरुको वेभसाइटमा यो कार्यविधि अनिवार्य रुपमा अपलोड गर्नुपर्ने देखिन्छ । के के विषयमा कति कति नम्बर प्राप्त गर्न सकिन्छ, के के गर्दा कति नम्बर घट्न सक्छ त्यो बारे त सम्पूर्णमा जानकारी हुनुपर्ने जरुरी छ ।