न्युजिल्यान्ड फलाेअनमा परेर जित्ने तेस्राे टिम बन्याे

 फागुन १६, २०७९ मंगलबार १६:५५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डाै – इङ्ल्यान्डसँगको दोस्रो टेस्टमा न्युजिल्यान्ड १ रनले विजयी भएको छ । वेलिङटनमा भएको रोमाञ्चक खेलमा २ सय ५८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड २ सय ५६ रनमा अलआउट भयो ।

जितका लागि २ रन चाहिएको अवस्थामा इङ्ल्यान्डका जेम्स एन्डरसन आउट भएपछि फलोअनमा परेको घरेलु टाेली न्युजिल्यान्डले ऐतिहासिक जित निकालेको हो । यसअघि इङ्ल्यान्डका लागि जाेए रुटले ९५ रन बनाए । बलिङतर्फ नेल वाग्नरले ४, टिम साउथीले ३ र म्याट हेनरीले २ विकेट लिए । योसँगै २ खेलको शृङ्खला १–१ को बराबरीमा सकिएको छ ।

इङ्ल्यान्डले पहिलो इनिङ्समा ८ विकेट गुमाएर ४ सय ३५ रन बनाएको अवस्थामा इनिङ्स सकिएको घोषणा गरेको थियो । इङ्ल्यान्डका ह्यारी ब्रुकले १ सय ८६ र जाेए रुटले १ सय ५३ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका म्याट हेनरीले ४ र माइकल ब्रेसवेलले २ विकेट लिए ।

न्युजिल्यान्ड पहिलो इनिङ्समा २ सय ९ रनमै अलआउट भएपछि फलोअनमा परेको थियो । न्युजिल्यान्डका टिम साउथीले सर्वाधिक ७३ रन बनाए । बलिङतर्फ इङ्ल्यान्ड स्टुवार्ट ब्राेडले ४ तथा जेम्स एन्डरसन र ज्याक लिचले ३–३ विकेट लिए ।

न्युजिल्यान्डले दोस्रो इनिङ्समा ४ सय ८३ रन बनाउँदा इंल्यान्डले २ सय ५८ रनको लक्ष्य पाएको थियो । न्युजिल्यान्डका लागि केन विलियमसनले १ सय ३२, टम ब्लनडेलले ९०, टम लाथमले ८३ र ड्यारेल मिचेलले ५४ रन बनाए । बलिङतर्फ इङ्ल्यान्डका ज्याक लिचले ५ विकेट लिए । 

न्युजिल्यान्ड फलोअनमा परेर खेल जित्ने तेस्रो टिम बनेको छ । यसअघि भारतले सन् २००१ र इङ्ल्यान्डले सन् १९८१ र १९८४ मा फलोअनमा परेर खेल जितेका थिए ।

त्यस्तै न्युजिल्यान्ड टेस्ट क्रिकेट १ रनकाे अन्तरले जित्ने दाेस्राे टिम बनेकाे छ । यसअघि सन् १९९३ वेस्ट इन्डिजले अस्ट्रेलियालाई उसकै घरमा १ रनले हराएकाे थियाे ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया