पीएनजीले यूएईलाई १ सय ३१ रनले हरायाे

 फागुन १६, २०७९ मंगलबार १८:३८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) ले यूएईलाई हराएकाे छ । पीएनजीले घरेलु टाेली यूएईलाई १ सय ३१ रनले हरायाे । 

पीएनजीले दिएकाे २ सय ६३ रनकाे लक्ष्य पछ्याएकाे यूएई ३४ ओभर २ बलमा १ सय ३१ रन बनाउँदा अलआउट भयाे । यूएईका लागि मुहम्मद वसीले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ पीएनजीका चाद साेपरले ५ विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ गरेकाे पीएनजी ४९ ओभर १ बलमा २ सय ६२ रन बनाउँदा अलआउट भयाे । पीएनजीका लागि सेसे बाउले ७४ र टाेनी उराले ५१ रन बनाए । बलिङतर्फ यूएईका कार्तिक मय्प्पनले ४ र आर्यन लाक्राले ३ विकेट लिए ।

शृङ्खलामा पीएनजी, यूएई र नेपाल सहभागी छन् । याे जितसँगै पीएनजी ३० खेलमा ७ अङ्कसहित तालिककाे पुछारमा छ । यूएई २९ खेलमा २९ अङ्कसहित पाँचाैँ स्थानमा छ । नेपाल २९ खेलमा २८ अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा छ । शृङ्खलामा बिहीवार नेपाल र यूएईबीच खेल हुँदैछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया