इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । मङ्गलवार भएको फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेकाे हाे ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि थप १४ मिनेट अतिरिक्त समय खेल खेलाइएकाे थियाे । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेकाे थियाे । जितसँगै आर्मीले १३ लाख र उपविजेता बनेको मच्छिन्द्रले ७ लाख रुपैयाँ प्राप्त गरेकाे छ ।
प्रतियाेगितामा उत्कृष्ट गोलरक्षकमा आर्मीका समित श्रेष्ठ, उच्च गोलकर्तामा मच्छिन्द्रका सुजल श्रेष्ठ र चर्च ब्वाइजका आशिस चौधरी, उदीयमान खेलाडीमा मच्छिन्द्रका सौरव राई, उत्कृष्ट प्रशिक्षकमा आर्मीका राजु तामाङ घोषित भए । उनीहरूले नगद २५ हजार रुपैयाँ पाए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ भए । उनले नगद एक लाख रुपैयाँ पाए । विजेता र उपविजेतालाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पुरस्कार हस्तान्तरण गर्नुभएकाे थियाे ।
यसैबीच आयोजकले लाइफटाइम अचिभमेन्ट अवार्ड स्वरूप पूर्वफुटबलर गम्भीर राईलाई एक थान मोटरसाइकल प्रदान गर्याे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।