चितवन–२ मा हुने उपचुनावका लागि १८ दल दर्ता : यी हुन् दर्ता भएका दलहरु

 फागुन १७, २०७९ बुधबार ७:५३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

निर्वाचन आयाेग

काठमाण्डाै – चितवन–२ मा हुने उपचुनावका लागि निर्वाचन आयोगमा १८ दल दर्ता भएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि फागुन १० गतेदेखि १६ गतेसम्मको समयसीमा  निर्धारण  गरेको  थियो  ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले आह्वान गरेअनुसार दर्ता भएका दलले  मात्रै उपचुनावमा  भाग लिन पाउनेछन् । वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा उपचुनाव हुँदैछ । नागरिकता प्रकरणमा अदालतको आदेशपछि राष्ट्रिय  स्वतन्त्र पार्टीका  सभापति  रवि  लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज भएपछि चितवन–२ मा उपचुनाव हुन लागेको हो । 

उपचुनावमा नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेसनल  अर्गनाइजेसन, राष्ट्रिय  नागरिक  पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा (एमाले)ले  भाग लिने गरी दल दर्ता गराएका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (माओवादी समाजवादी), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी,  पुनर्जागरण  पार्टी,  मौलिक  जरो किलो पार्टी दर्ता भएका छन् । त्यस्तै  राष्ट्रिय  मुक्ति आन्दोलन नेपाल, नेपाली कांग्रेस (बीपी), राष्ट्रिय प्रजातन्त्र पार्टी र जय जन्मभूमि पार्टी नेपालले पनि दल दर्ता गराएका छन् । 
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया