इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज बिहीवार राति १२ बजेदेखि अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चालु हिउँदे अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
प्रदेश सभामा दोस्रो कार्यकालका लागि सांसदहरू निर्वाचित भएर आएपछि दुई महिनामात्रै हिउँदे अधिवेशन चलेको छ । पुस १८ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो । हिउँदे अधिवेशनमा चार वटा विधयेक र दुई वटा अध्यादेश पारित भएका प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो ।
गण्डकीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा गठबन्धनको सरकार छ । एमालेका खगराज अधिकारी मुख्यमन्त्री हुनुहुन्छ । सङ्घीय सरकारमा एमाले र माओवादीको गठबन्धन टुटिसकेको छ । गण्डकीमा माओवादी केन्द्रका सांसदले समर्थन फिर्ता लिएमा एमाले सरकारबाट बाहिरिनुपर्ने छ । पुनः विश्वासको मत लिँदा उहाँको पक्षमा सत्ता जोगाउन आवश्यक बहुमत नपुग्ने देखिन्छ । सरकार परिवर्तन हुने आशङ्काकै बीच हिउँदे अधिवेशन अन्त्य भएको हो । यदि माओवादीले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले विश्वासको मत लिनलाई प्रदेश सभाको विशेष अधिवेशन बोलाइने व्यवस्था छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।