लिखित सहमति बिना सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने नागरिक उन्मुक्ति पार्टीको अडान

 फागुन २०, २०७९ शनिबार १५:१०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नागरिक उन्मुक्ति पार्टीले लिखित सहमति बिना सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडान लिएको छ ।

यसअघि नागरिक उन्मुक्ति पार्टीले मत नदिएकै कारण एमाले नेतृत्वको सरकार ढलेर सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा सरकार गठन भएको थियाे । अहिले फेरि नागरिक उन्मुक्ति पार्टीले लिखित प्रतिबद्धता मागेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले फेसबुकमा लेख्नुभएको छ, 'दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन सकिँदैन’ ।

नागरिक उन्मुक्ति पार्टी प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीले सरकारमा जाने अवस्थामा मन्त्रालयको भागबण्डाका सम्बन्धमा लिखित प्रतिबद्धता दिनुपर्ने माग पार्टीको रहेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि विश्वासको मत लिँदै हुनुहन्छ ।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ । अहिले कांग्रेसका १९ सांसद छन् । उहाँलाई समर्थन गरेको  नेकपा एकीकृत समाजवादीका चार सांसद छन् । प्रदेश सभामा माओवादीका सभामुख सहित ११ र नागरिक उन्मुक्तिको सात सांसद छन् । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिए पनि मुख्यमन्त्री कमलबहादुर शाहको पक्षमा विश्वासको मत भने पुग्छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया