सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासकाे मत

 फागुन २१, २०७९ आइतबार १६:१४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनुभएको छ । आज आइतवार बसेको प्रदेश सभाको बैठकमा नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले पनि मत दिएपछि शाहले विश्वासको मत पाउनुभएको हो ।  

कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । सभामुखबाहेक ५२ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहले ४१ मत प्राप्त ल्याउनुभएको छ । उहाँलाई कांग्रेसका १९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् । विश्वासको मतको विपक्षमा एमालेका १० र राप्रपाका १ जना गरी ११ मत परेको छ । 

एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा माघ २६ गते शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । यसअघि एमालेबाट मुख्यमन्त्री बनेका रावल नागरिक उन्मुक्ति पार्टीले मत नदिएकै कारण ३० दिनमै पदमुक्त हुनुभएको थियो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया