इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिनुभएकाे छ । आइतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशनले काठमाण्डाैमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै महासचिव विप्लवले माओवादीलाई अपराधी बनाए इतिहास दाेहाेर्याउने चेतावनी दिनुभयाे ।
उमहासचिव विप्लवले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा आफूहरूलाई स्वीकार नरहेको बताउनुभयाे । उहाँले भन्नुभयो, ‘हामीले बनाएको यो अवस्था आज हेर्ने हो भने लथालिङ्गजस्तो, उदासजस्तो, निराशजस्तो, जो मानिसहरूले हेरेर हामीलाई गर्व गर्नुपर्ने हो, लाज मानेर घोप्टे मुन्टो लगाएर हिँड्नुपर्नेजस्तो के हो यो देशमा ? जसले सम्मान पाउनुपर्ने हो, जो सम्मानित हुनुपर्ने हो, त्यो अपराधीजस्तो, मलाई शहीदका छोराहरूले पनि भन्नुभयो– हामी अपराधी हो ? राज्यले के गरिरहेको छ ? सम्मानित हुनुपर्ने मान्छे अपराधीजस्तो, कठघरामा उभ्याउनुपर्ने मान्छेले हालीमुहाली चलाउनेजस्तो, इतिहास यसरी उल्टियो । आज यो सारा माओवादीले बिगार्याे, भत्कायो भन्दैछन् । भाषणैपिच्छे अपराधीहरू, लुटेराहरू भन्दैछन् । माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने हामीसँग तागत छ । को हो हत्यारा नेपालमा ? दुई सर्य वर्षसम्म नागरिकलाई चुसेर अर्बाैँ सम्पत्ति थुपार्ने सामन्तहरू अपराधी हुन् । हामी अपराधी होइनौँ जुन अपराधी बनाइ व्याख्या गर्न खोजिएको छ, त्याे सह्य हुँदैन । यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार छैन । माओवादीलाई अपराधी बनाउन खोजिन्छ भने इतिहास दोहोरिन्छ । दोहाेर्याउन सकिन्छ, हेक्का राखौँ । हामी एक भएर उठ्यौँ भने २०६० सालको माओवादी बिउँताउन सकिन्छ ।’
कार्यक्रममा बाेल्दै महासचिव विप्लवले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्दासमेत पार्टीका कोही बोल्न नसकेको भन्दै आलोचना गर्नुभएको छ । उहाँले मुद्दा दर्ता भइसक्दासमेत प्रधानमन्त्रीको पार्टीले कुनै आवाज नउठाएकाले उहाँको पार्टी कता गयो भन्दै प्रश्न गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।