उत्कृष्ट लयमा नेपाल, पछिल्ला ८ मध्ये ७ खेलमा विजयी

 फागुन २२, २०७९ सोमबार २०:२४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीले आफ्नाे उत्कृष्ट लयलाई कायमै राखेकाे छ । मुख्य प्रशिक्षकमा माेन्टी देसाई नियुक्त भएयता नेपालले उत्कृष्ट लयलाई कायमै राखेकाे हाे । 

गएकाे माघ २३ गते देसाई मुख्य प्रशिक्षकमा नियुक्त भएयता नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ मा खेलेका ८ खेलमध्ये ७ वटामा जित निकालेकाे छ ।

नेपालले देसाईकाे नेतृत्वमा घरेलु मैदानमा लिग–२ अन्तर्गत ४ खेलकाे त्रिदेशीय एकदिवसीय शृङ्खलामा ४ वटै खेल जित्दै शृङ्खला 'क्लिन स्वीप' गरेकाे थियाे । नेपालले स्कटल्यान्ड र नामिबियालाई २–२ खेलमा हराएकाे थियाे । नेपालले पहिलाे खेलमा नामिबियालाई २ विकेटले, दाेस्राे खेलमा स्कटल्यान्डलाई ३ विकेटले, तेस्राे खेलमा फेरि नामिबियालाई ३ विकेटले र चाैथाे खेलमा फेरि स्कटल्यान्डलाई २ विकेटले हराएकाे थियाे । 

यस्तै नेपालले लिग–२ अन्तर्गत दुबईमा भएकाे त्रिदेशीय एकदिवसीय शृङ्खलामा ४ खेल खेल्दा ३ मा जित हात पार्‍याे । नेपालले पहिलाे खेलमा पीएनजीलाई ४ विकेटले हराएर लिग–२ मा लगातार पाँचाैँ जित निकाल्दा एकदिवसीय क्रिकेटमा लगातार ५ जितकाे कीर्तिमान बनाएकाे थियाे । याे शृङ्खलाकाे दाेस्राे खेलमा भने नेपाल यूएईसँग ६८ रनले पराजित भएकाे थियाे । यस्तै नेपालले तेस्राे खेलमा फेरि पीएनजीलाई ३ विकेटले र चाैथाै खेलमा यूएईलाई ४२ रनले हरायाे । नेपालले लिग–२ मा यूएईमाथि पहिलाे जित निकालेकाे हाे ।

लिग–२ मा अब बाँकी ४ खेल नेपालले घरेलु मैदानमै खेल्नेछ । नेपालले बाँकी सबै खेल जितेमा लिग–२ मा तेस्रो हुँदै साेझै विश्व कप छनाेट खेल्न पाउनेछ भने एकदिवसीय मान्यता जाेगाउन बाँकी रहेकामध्ये २ खेल जित्दै शीर्ष ५ मा स्थान पक्का गर्नुपर्ने हुन्छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया