'ए' डिभिजन लिग : दोस्रो चरणका खेल आजदेखि, दुई वटा खेल हुँदै

 फागुन २३, २०७९ मंगलबार ९:३५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजदेखि दोस्रो चरणका खेल सुरु हुँदैछन् । आज हुने दुईवटा खेलमध्ये एउटा खेल एन्फा कम्प्लेक्स सातदोबाटो र  एउटा खेल च्यासल मैदानमा हुनेछ ।

एन्फा कम्प्लेक्समा दिउँसो साढे दुई बजे सुरु हुने खेलमा चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटार खेल्नेछन् । चर्च ब्वाइजले  पहिलो खेलमा चर्चले पुलिस क्लबलाई हराएको थियो । यस्तै खुमलटारले पहिलो खेलमा फ्रेन्ड्सलाई हराएको थियो ।

यस्तै दिउँसो साढे दुई बजे नै च्यासल मैदानमा हुने खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्सले पहिलो खेलमा खुमलटारसँग हार ब्यहोरेको थियो । थ्री स्टार एपीएफ क्लबसँग पराजित भएको थियो । यस सिजनको 'ए' डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ ।

यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।   
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया