नेपाली क्रिकेट टाेली स्वदेश फर्कियाे

 फागुन २३, २०७९ मंगलबार १९:५७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा त्रिदेशीय एकदिवसीय शृङ्खला खेलेर नेपाली टोली आज मङ्गलवार स्वदेश फर्किएको छ ।

नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारी तथा समर्थकले स्वागत गरेका छन् ।

यूएई र पपुवा न्युगिनी सम्मिलित शृङ्खलाका चार वटामध्ये नेपालले तीन वटा खेल जितेको छ । नेपालले पीएनजीलाई दुई वटै खेलमा हराउँदा यूएईसँग एकमा जित र एकमा हार बेहाेर्‍याे ।  यो जितसँगै नेपालले सोझै विश्व कप छनोट खेल्ने सम्भावना कायमै राखेको छ ।

अब पर्सि बिहीवारदेखि नेपालमा हुने शृङ्खलाका चार वटै खेल जितेमा नेपालले विश्व कप छनोट खेल्न पाउनेछ भने कम्तीमा दुई वटा खेल जितेमा एकदिवसीय मान्यता जोगाइराख्नेछ । नेपाल, यूएई र पपुवा न्युगिनीबीचको शृङ्खला पर्सिदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ । शृङ्खलाका लागि यूएई र पीएनजी पनि नेपाल आइसकेका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया