इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकाे वरीयतामा नेपालले दुई स्थान सुधार गरेकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधवार सार्वजनिक गरेकाे वरीयतामा नेपालले दुई स्थान सुधार गरेकाे हाे ।
आईसीसीकाे एकदिवसीय वरीयताअनुसार नेपाल १७ औँ स्थानमा रहेकाे छ । यसअघि नेपाल १९ औँ स्थानमा थियाे । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत पछिल्लाे आठ खेलमध्ये सात खेल जितेकाे नेपाल वरीयतामा दुई स्थान माथि उक्लिएकाे हाे ।
नेपालभन्दा पछि अमेरिका, यूएई र पपुवा न्युगिनी (पीएनजी) क्रमशः १८ औँ, १९ औँ र २० औँ स्थानमा रहेका छन् । एकदिवसीय वरीयतामा भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया, न्युजिल्यान्ड, इङ्ल्यान्ड र पाकिस्तान क्रमशः दाेस्राे, तेस्राे, चाैथाे र पाँचाैँ नम्बरमा छन् ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटकाे वरीयतामा भने नेपाल १६ औँ स्थानमा यथावत् छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।