'फउल' खेल्नेहरूले दुई तिहाइमा पुगेको पार्टीलाई कमजोर बनाए : अध्यक्ष ओली

 फागुन २६, २०७९ शुक्रबार १५:४४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल प्रतिक्रियावादीहरूको सेवामा समर्पित भएर लागिपरेको आरोप लगाउनुभएको छ । विधि र प्रक्रिया भन्दै नेपालले प्रतिक्रियावादीहरूको सेवाका लागि पार्टी विभाजन गरेर उनीहरूलाई चोइटो बुझाएको अध्यक्ष ओलीको जिकिर थियो ।

शुक्रवार ललितपुरको च्यासलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी निकट नेपाल खेलकुद महासङ्घको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण समारोहमा बोल्दै उहाँले राजनीतिमा इमानदार प्रयास नगरेका कारण माधव नेपालहरूले सफलता हासिल गर्न नसकेको तर्कसमेत गर्नुभयो । अध्यक्ष ओलीले दुई तिहाइमा पुगेको नेकपालाई कमजोर बनाएर प्रचण्ड, माधव नेपालहरूले राजनीतिमा बेइमानी गरेको आराेप लगाउनुभयाे ।

उहाँले भन्नुभयो, ‘हामीले हाम्रै आन्दोलनमा देखेका छौँ । फउल खेल्नेहरूले दुई तिहाइमा पुगेको पार्टीलाई कमजोर बनाए । दुई तिहाइको हैसियतको पुगेको आन्दोलनलाई विभाजित गराए । विधि, प्रक्रिया भन्दै प्रतिक्रियावादीहरूको सेवामा समर्पित भएर पार्टी फुटाएर लगेर चोइटो उनीहरूलाई बुझाउने दुष्चेष्टा गरे । सबै गरे । तर तिनीहरूले वास्तविक सफलता हासिल गर्न सकेनन् । क्रियशनमा सफलता प्राप्त गर्नका लागि अभ्यासद्वारा श्रेष्ठता हासिल गर्नुपर्दछ । श्रेष्ठता हासिल बेइमानीले हुँदैन, इमानदार प्रयासबाट हुन्छ ।’

कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले खेलाडीहरूलाई पनि फउल खेलेर श्रेष्ठता हासिल हुन्छ भन्ने भ्रम नपाल्न आग्रह गर्नुभयो । निरन्तरको इमानदार प्रयासबाट मात्रै खेलाडीहरूले पनि सफलता हासिल गर्न सक्ने उल्लेख गर्दै उहाँले त्यहीअनुसारले अघि बढ्न खेलाडीहरूको ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष ओलीले एम्बाब्बे, मेसीजस्ता खेलाडीहरू नेपालमा पनि हुने सक्ने भन्दै त्यसका लागि ध्यान दिन पनि नेपाल खेलकुद महासङ्घलाई सचेत गराउनुभयो । उहाँले देखिने गरी खेल क्षेत्रको विकास गर्न र राजनीतिलाई पनि सही बाटोमा हिँडाउने काममा महासङ्घ सफल हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया