गगन थापाकाे टिप्पणी : ‘म प्रधानमन्त्री हुने बाटाेतिर गइरहेकाे जस्ताे आभास भइरहेकाे छ’

 फागुन २६, २०७९ शुक्रबार १८:३५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गइरहेको जस्तो आभास भइरहेको बताउनुभएको छ ।

शुक्रवारदेखि काठमाण्डाैमा सुरु भएको 'दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन–२०७९' लाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्ताे टिप्पणी गर्नुभएको हो । कार्यक्रममा अन्तिम वक्ता रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नआएपछि महामन्त्री थापा त्याे सम्मेलनको अन्तिम वक्ता हुनुभएको थियो । प्रधानमन्त्री नआउनुभएको हुनाले आज आफू अन्तिम वक्ता भएकाे र हिजो (फागुन २५) गते पनि पार्टीका सभापति शेरबहादुर देउवा नआएपछि आफूले अन्तिम वक्ताको रूपमा एक कार्यक्रमलाई सम्बोधन गर्ने अवसर पाएकाले आफू अब यथार्थमा प्रधानमन्त्री हुन लागेको हो कि भन्ने लागेको महामन्त्री थापाको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘आज प्रधानमन्त्रीजी अरू केही व्यवस्तताका कारण आउन पाउनुभएन । हिजो सभा गृहमा यस्तै कार्यक्रम थियो । मेरो पार्टी सभापति बस्ने कुर्सी त्यहाँनिर थियो । पार्टी सभापति आइपुग्नुभएन । त्यसपछि अन्तिम वक्ता म भएँ । आज प्रधानमन्त्री आइपुग्नुभएन । अन्तिम वक्ता म भएँ । सब्सिच्युट भइराख्या छु । त्यो रियल हुने बाटोतिर गएको हो कि भन्ने कुरा राख्न चाहन्छु ।’

महामन्त्री थापाले राजनीतिज्ञहरूलाई अर्थशास्त्रीय दृष्टिकोण बुझाउने काममा लाग्न पनि अर्थशास्त्रीहरूलाई आग्रह गर्नुभयो । महामन्त्री थापाले देशकाे अर्थतन्त्रबारे राजनीतिज्ञहरूलाई बुझाउनुको साटो अर्थशास्त्रीहरूले गाली गर्ने गरेको गुनासो पनि गर्नुभयो । उहाँले देशमा देखिएको आर्थिक सङ्कट समाधानका लागि अर्थशास्त्रीहरूले यथार्थमा आधारित भएर सुझाव दिनुपर्नेतर्फ पनि सचेत गराउनुभयो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dev kunwar

    March 10, 2023, 8:20 p.m.

    रवि लामिछाने र तपाईं (ग.था ) अमेरिका बाट परिचालित त हाेनि रास्वपाले काङ्ग्रेस लाई राष्ट्रपतिमा मतदान गर्नु र तपाईकाे याे अभिव्यक्ति एउटै हाेईन र ?

  •  0 Reply

तपाईको प्रतिक्रिया