उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय

 फागुन २६, २०७९ शुक्रबार १८:५७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने भएको छ । केन्द्रीय कार्यकारिणी समितिको आज शुक्रवार बसेको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्षसमेत रहनुभएका खानेपानी मन्त्री अब्दुल खानले जानकारी दिनुभयो । पार्टीकाे तर्फबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भए पनि गठबन्धन दलसँग छलफल नभएको उहाँले बताउनुभयाे ।

जनमत पार्टीकी सप्तरी जिल्ला इन्चार्ज ५३ वर्षीय झाले सद्भावना पार्टीबाट राजनीति सुरु गर्नुभएको थियो । उहाँ पालिका चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार हुनुहुन्थ्यो ।

यस्तै उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालले बारा–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जसपाको बिहीवार भएको कार्यकारिणी समितिको बैठकले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया