भोलि उपचुनाव हुने पालिका र वडाहरुमा सार्वजनिक बिदा
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताउनुभएको छ ।
शनिवार आजदेखि सुरु भएको तीन महिने पशुपति सरसफाइ अभियानको उद्घाटन गर्दै मन्त्री किराँतीले यस्तो बताउनुभएको हो ।
उहाँले नेपालमा ठूलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको भन्दै यसलाई भत्काएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले पशुपति क्षेत्र सफाइका लागि पशुपति क्षेत्र विकास काषले योजना बनाएर बुझाउन निर्देशन दिनुभयो । उहाँले सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएको उल्लेख गर्दै आस्थाको केन्द्र पशुपतिनाथलाई सबै मिलेर सफा राख्नुपर्ने बताउनु भयो ।
मन्त्री किराँतीले पशुपतिनाथ नै फोहर राख्ने हो भने देश कहिले सफा गर्छौँ भन्दै प्रश्न गर्नुभयो । उहाँले सांस्कृतिक मूल्य र मान्यता हराउँदै गएकाे भन्दै समाजसँग जोडिएको विकृतिलाई सफा बनाउनुपर्ने बताउनु भयो । उहाँले आफू मन्त्री रहेको मन्त्रालय अन्तर्गतका सबै निकायहरुलाई सबै क्षेत्रमा सफा राख्न निर्देशिका बनाएर पठाएकाले त्यस अनुसारको काम नभए कारबाही गर्ने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रोमा ठूलो मान्छेले सानो काम गर्नु हुँदैन भन्ने कल्चर छ, यसलाई भत्काउनुपर्छ । यो सफा कसरी गर्ने पशुपति क्षेत्र विकास कोषले योजना ल्याउनुपर्छ । हाम्रो एक्सन त्यहाँ हुन्छ । हामी तीन महिना प्रत्येक शनिवार ८ बजेदेखि १० बजेसम्म यो अभियान सञ्चालन गर्नेछौँ । सफा रहनु भनेको सभ्यता प्रदर्शन गर्नु हो, संस्कृति निर्माण गर्नु भनेको जीवन प्रदान गर्नु हो ।’
यस अवसरमा मन्त्री किराँतीले आफैँ कुचो लगाएर र आसपासका क्षेत्रहरुको फोहर टिपेर पशुपति सरसफाइमा सरिक हुनुभएको थियो । अबको तीन महिनासम्म हरेक शनिवार ८ बजेदेखि १० बजेसम्म पशुपति सरसफाइ अभियान सञ्चालन हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।