इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र चेल्सी विजयी

 फागुन २८, २०७९ आइतबार ६:३०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई हराएको छ । सिटीका इर्लिङ हालाण्डले खेलको ७८औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो । जितसँगै सिटीको २७ खेलमा ६१ अङ्क भएको छ । सिटी अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

आर्सनल २६ खेलमा ६३ अङ्कका साथ शीर्षस्थानमा कायमै छ ।

गएराति भएको अर्को खेलमा चेल्सीले लेस्टर सिटीलाई हराएको छ । चेल्सीले १० खेलाडीमा समेटिएको लेस्टरलाई ३–१ गोलले हराएको हो । खेलको ११औँ मिनेटमा बेन चिलवेलले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

३९औँ मिनेटमा पाटसन डाकाले गोल गर्दै लेस्टरलाई १–१ को बराबरीमा ल्याए । तर पहिलो हाफको इन्जुरी समयमा काइ हाभट्र्जले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । त्यस्तै खेलको ७८औँ मिनेटमा माटियो कोभासिसले गोल गरेपछि चेल्सी ३–१ ले विजयी भयो ।

खेलको ८७औँ मिनेटमा लेस्टर १० खेलाडीमा समेटिएको थियो । जितसँगै चेल्सीले २६ खेलमा ३७ अङ्क जोडेको छ । चेल्सी १०औँ स्थानमा रहेको छ । अर्को खेलमा टोटनह्यामले नटिङ्घम फरेस्टलाई ३–१ गोलले हराएको छ ।

यस्तै एभर्टनले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको छ । ब्राइटन र लिड्स युनाइटेडबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ । हिजो भएको पहिलो खेलमा लिभरपुल बर्नमाउथसँग १–० गोलले पराजित भएको थियो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया