नेपालले यूएईलाई दियाे २ सय ४९ रनकाे लक्ष्य

 फागुन २८, २०७९ आइतबार १३:१४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई २ सय ४९ रनकाे लक्ष्य दिएकाे छ । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल ४९ ओभर २ बलमा २ सय ४८ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि कप्तान राेहित पाैडेलले सर्वाधिक ७७ रन बनाए । यस्तै आरिफ शेखले ४३, गुलसन झाले ३७ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । बलिङतर्फ यूएईका आयन अफजल खान, जहूर खान, राेहन मुस्तफा र जवार फरिदले २/२ विकेट लिए ।

नेपाल, यूएई र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित यो शृङ्खला क्रिकेट लिग–२ को अन्तिम शृङ्खला हो ।

नेपालले याे शृङ्खलाकाे पहिलाे खेलमा यूएईलाई ५२ रनले हराएकाे थियाे । आजकाे खेल जितेमा नेपालकाे एकदिवसीय मान्यता कायम हुनेछ । नेपालले साेझै विश्व कप छनाेट कायम गर्न भने याेसहित ३ वटा खेल जित्नुपर्ने हुन्छ । नेपालले भोलि पीएनजीसँग र बिहीवार अन्तिम खेलमा यूएईसँग खेल्नेछ ।

लिग–२ तालिकामा नेपाल ३३ खेलमा ३४ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा छ । यूएई ३३ खेलमा ३१ अङ्कसहित छैटाैँ स्थानमा छ । १ खेल बढी खेलेकाे पीएनजी ११ अङ्कसहित तालिकाकाे पुछारमा छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया