उपराष्ट्रपतिको चुनावमा उम्मेदवारी फिर्ता लिएको प्रमिलाकुमारी यादवको घोषणा

 फागुन २९, २०७९ सोमबार १३:३७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) की सांसद प्रमिलाकुमारी यादवले उपराष्ट्रपतिको चुनावमा उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ ।

आज साेमवार एक प्रेस विज्ञप्ति निकालेर यादवले प्राविधिक कारणले उम्मेदवारको सूचीमा नाम रहेको भन्दै आफूले फिर्ता लिएको घोषणा गर्नुभएको हो । उहाँले उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवलाई सघाउने पनि बताउनुभएको छ ।

जसपाबाट रामसहाय यादव पनि उपराष्ट्रपतिमा उम्मेदवार हुनुहुन्छ । त्यस्तै नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपतिका उम्मेदवार हुनुहुन्छ ।

प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरे पनि उम्मेदवारको सूचीमा भने यथावत् रहनेछ । निर्वाचन अधिकृतको कार्यालयले फागुन २८ गते उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । कसैले उम्मेदवारी फिर्ता नलिएपछि फागुन २८ गते बेलुकी आयाेगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । उपराष्ट्रपतिको चुनाव आउँदो चैत ३ गते शुक्रवार हुँदैछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया