इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।
आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितको बैठकले यादवलाई मत दिने निर्णय गरेको बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । पर्सि चैत ३ गते हुने उपराष्ट्रपति पदको चुनावमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ । नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार हुनुहुन्छ । यस्तै कांग्रेसले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिएको छ ।
कांग्रेसले आउँदो वैशाख १० गते चितवन–२ मा हुने उपचुनावका लागि उम्मेदवारको नाम सिफारिस गर्न संवैधानिक निकायलाई आग्रह पनि गरेको छ । प्रवक्ता महतले सरकारका विषयमा आजको बैठकमा छलफल नभएको र प्रधानमन्त्रीले ७ गतेसम्म विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार हुने बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।