इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) ले यूएईलाई २ सय ३५ रनकाे लक्ष्य दिएकाे छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनायाे । पीएनजीका लागि कप्तान आसाद भालाले सर्वाधिक ६५ रन बनाए । यस्तै नाेरमन भानुवाले नटआउट ४९ रन र रिले हिकुरेले ३३ रन बनाए । बलिङतर्फ यूएईका हजरत बिलालले सर्वाधिक ४ विकेट लिए । यस्तै राेहन मुस्तफा र जवार फरिदले १/१ विकेट लिए ।
लिग–२ मा पीएनजीकाे काे अन्तिम खेल हाे । पीएनजी ३५ खेलमा ११ अङ्कसहित तालिकाकाे पुछारमा छ । यूएई ३४ खेलमा ३१ अङ्कका साथ छैटौँ स्थानमा छ । भोलि बिहीवार नेपाल र यूएईबीच शृङ्खलाकाे अन्तिम खेल हुनेछ ।
नेपाल ३५ खेलमा ३८ अङ्कका साथ चौथो स्थानमा छ । नेपालभन्दा अगाडि ३९ अङ्कका साथ नामिबिया तेस्रो र नेपालभन्दा पछि ३५ अङ्कका साथ अमेरिका पाँचौँ स्थानमा छ । नेपालले भोलिको खेलमा यूएईलाई हराए ४० अङ्क हुनेछ । ४० अङ्क जोड्न सके नेपालले नामिबियालाई पछि पार्दै शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोट खेल्न पाउनेछ । स्कटल्यान्ड ५० अङ्कका साथ च्याम्पियन र ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्व कप छनोटमा स्थान बनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।