भोलि उपचुनाव हुने पालिका र वडाहरुमा सार्वजनिक बिदा
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्यु गिनी (पीएनजी) सँगकाे खेलमा यूएईका कप्तान माेहम्मद वसीमले शतक बनाएका छन् ।
त्रिवि क्रिकेट मैदानमा भइरहेकाे खेलमा यूएईका कप्तान वसीमले ६० बलमै ४ चाैका र ११ छक्काकाे मद्दतमा एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलाे शतक बनाएका हुन् । उनी ७६ बलमा १ सय १९ रन (६ चाैका, १२ छक्का) बनाएर आउट भए ।
अहिले यूएईले पीएनजीले दिएकाे २ सय ३५ रनकाे लक्ष्य पछ्याइरहेकाे छ । याे समाचार तयार पार्दासम्म यूएईले ३२ ओभरमा ३ विकेट गुमाएर १सय ९३ रन बनाएकाे छ ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनायाे । पीएनजीका लागि कप्तान आसाद भालाले सर्वाधिक ६५ रन बनाए । यस्तै नाेरमन भानुवाले नटआउट ४९ रन र रिले हिकुरेले ३३ रन बनाए । बलिङतर्फ यूएईका हजरत बिलालले सर्वाधिक ४ विकेट लिए । यस्तै राेहन मुस्तफा र जवार फरिदले १/१ विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।