भोलि उपचुनाव हुने पालिका र वडाहरुमा सार्वजनिक बिदा
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी दिनुभएको छ । माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरूले आफ्नो जीवनको र नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको ख्याल गर्नुपर्ने महासचिव विप्लवको धम्की मिश्रित प्रतिक्रिया थियो ।
बुधवार काठमाण्डाैमा आयोजित नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी) बीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उहाँले नागरिकले लडेको त्यो युद्धलाई अपराधीकरण गर्ने काम सम्भव नभएको पनि पटक–पटक दोहोर्याउनुभयो । जनयुद्धलाई अपराधीकरण गर्ने खालका गतिविधिमा संलग्नहरूलाई छुट दिन नसकिने महासचिव विप्लवको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘जसले फासीवादको विरुद्ध लडे, ऊ नै अपराधी हुनुपर्ने हो र ? २००७ सालमा क्रान्ति गर्ने मान्छे अपराधी हुनुपर्ने हो र ? जनयुद्धमात्रै अपवाद हो, जाे नागरिकले लडेको युद्ध हो । तर त्यो युद्धलाई पनि अपवादको रूपमा अपराधीकरण गर्न खोजिँदैछ । तर त्याे युद्ध लडेको मान्छे अपराधीकरण गरिँदैछ यहाँ । यसलाई कुनै पनि हालतमा छुट दिन सकिँदैन ।’
महासचिव विप्लवले दलाल, पुँजीवादी सत्ताको अन्त्य गर्दै वैज्ञानिक समाजवादको स्थापना गर्न नेपालमा कम्युनिस्ट पार्टीहरूबीचको एकता प्रक्रियालाई सुरु गरेको बताउनुभयो । नेपाललाई स्वाधीन बनाउने मूल उद्देश्यअन्तर्गत आफूहरूले नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाउने अभियान सुरु गरेको उहाँले दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।