सत्य निरुपण विधेयक भोलि संसदमा पेस हुने, प्रधानमन्त्रीलाई विश्वासको मत दिने गठबन्धनको निर्णय

 चैत ४, २०७९ शनिबार १८:४२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्ता साझेदार १० वटा दलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक–२०७९ भोलि संसदमा पेस गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,  एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतका १० वटा दलका शीर्ष नेताहरुको बैठकले विधेयक भोलि संसद बैठकमा पेस गर्ने निर्णय गरेका हुन् ।

नेकपा एमाले र राप्रपाले संसदीय समितिमा छलफल गराएर मात्रै विधेयकलाई संसदमा पेश गर्न माग गरेपनि सत्ता गठबन्धनले भने भोलि नै पेस गर्ने निर्णय गरेको हो । यस्तै, पर्सि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिने र १० वटै दलले उहाँलाई मत दिने पनि निर्णय भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने सत्ता गठबन्धनको तयारी छ । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक प्रावधान अनुसार पर्सि विश्वासको मत लिन लाग्नुभएको हो । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया