नागरिकका मुद्दा कार्यान्वयन हुने आशामा प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत : रास्वपा उपसभापति

 चैत ६, २०७९ सोमबार १६:७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरूको विशेष पहलमा बनेको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन हुने आशामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्नुपरेको जनाएको छ । रास्वपा उपसभापति डोलप्रसाद अर्यालले आफूहरू सरकारमा रहेका बेला बनाइएको न्यूनतम साझा कार्यक्रममा नागरिकका मुद्दाहरू रहेको र त्यसको सम्बोधनका लागि प्रधानमन्त्री प्रचण्डलाई फेरि पनि विश्वासको मत दिन लागिएको बताउनुभएको हो ।

आज सोमवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै उपसभापति अर्यालले सरकारले जे गर्दा पनि ठिक हो भन्नका लागि आफूहरूले दिएको विश्वासको मत कबुलियतनामा नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले आफ्नो दललाई आपत् परेको बेला साथ दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवादसमेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले प्रचण्डजीलाई प्रधानमन्त्रीका रूपमा समर्थन गरी सरकारमा सहभागी हुँदादेखि सरकारबाट बाहिरिएर अहिले त्यस समर्थनलाई निरन्तरता प्रदान गर्दासम्म कसैसँग गठबन्धन गरेका छैनौँ । हामी यसअघि सरकारबाट मन्त्रीहरू फिर्ता  बोलाउने पहिलो दल हौँ । हाम्रै विशेष पहलमा सरकारको न्यूनतम साझा कार्यक्रम तयार भयाे । त्यसमा हाम्रा वाचा पत्र लगायत कैयाैँ कुराहरू समावेश छन । ती बुँदाहरू आम नागरिकका हुन् । ती मुद्दाहरूकाे सम्बाेधनमा सरकारले निरन्तरता दिने विश्वास नै हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुको प्रमुख आधार हो । हामी गुण र दोषको आधारमा सरकारको समर्थन र विरोध गर्नेछौँ । सरकारलाई हामीले दिएको समर्थन भनेको सरकारले जे गरे पनि ठिक हो भन्ने कबुलियतनामा होइन । नागरिकका मुद्दाहरूमा इमानदारिता गुमाएको दिन हामी प्रतिपक्षमा उभिने छौँ ।’

उपसभापति अर्यालले नागरिकले आफ्नो पार्टीबाट आशा गरेको उल्लेख गर्दै उनीहरूको त्याे अपेक्षा पूरा हुने गरी काम गर्न प्रतिबद्ध भएर लागिपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया