एनपीएलकाे उद्घाटन खेलमा जनकपुरले टस जितेर बलिङ गर्दै
मंसिर १५, २०८१ शनिबार
रुपन्देही - बुटवलमा भइरहेकाे तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज हुने अन्तिम सेमिफाइनलमा मनाङ मर्स्याङ्दी र फ्रेण्ड्स क्लब खेल्दैछन् ।
दिउँसो ३ बजे देविनगरमा रहेको एन्फा टेक्निकल सेन्टरमा हुने खेलको विजेताले शनिवार उपाधिका लागि सुदूरपश्चिम-११ सँग खेल्दैछ । मनाङ नेपाल पुलिस क्लब र फ्रेण्ड्स क्लब सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् ।
बुधवार थ्री स्टारलाई १-० ले हराउँदै सुदूरपश्चिम ११ पहिलो पटक तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको हाे । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियाे । उपाधि विजेताले ११ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद प्राप्त गर्नेछन् । विधागत रुपमा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।