दक्षिण अफ्रिकासँगको पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज विजयी

 चैत १२, २०७९ आइतबार ६:२५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण अफ्रिकासँगको पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज विजयी भएको छ । घरेलु टोली दक्षिण अफ्रिका तीन विकेटले पराजित भयो । योसँगै तीन खेलको टी–२० शृङ्खलामा पाहुना टोली वेस्टइन्डिजले १–० को अग्रता बनाएको छ । जितका लागि १ सय ३२ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले १० ओभर ३ बलमा ७ विकेट गुमाउँदै भेट्टायो ।

वर्षाको कारण खेल ढिलो सुरु हुँदा ११ ओभरमा झारिएको थियो । वेस्ट इन्डिजका कप्तान रोभम्यान पावेल ४३ रनमा अविजित रहे । दक्षिण अफ्रिकाका सिसान्डा मगलाले ३ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।

तबरेज शम्सी र एनरिच नोर्कियाले एक/एक विकेट लिए । त्यसअघि सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ११ ओभरमा ८ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका डेबिड मिलर सर्वाधिक ४८ रनमा आउट भए । वेस्टइन्डिजका शेल्डन कटरेल र ओडेन स्मिथले समान २ विकेट लिए । दुई देशबीचको दोस्रो खेल आज र तेस्रो तथा अन्तिम खेल मङ्गलवार हुनेछ ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया