युरोकप छनोटमा स्पेन र स्वीट्जरल्यान्डको विजयी सुरुवात

 चैत १२, २०७९ आइतबार ८:२६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्पेन र स्वीट्जरल्यान्डले युरोकप सन् २०२४ को छनोट खेलमा विजयी सुरुवात गरेका छन् । स्पेनले घरेलु मैदानमा नर्वेलाई ३–० गोलले हरायो । स्पेनका जोसेलुले दुई तथा ड्यानी ओल्मोले एक गोल गरे ।

परिवर्तित खेलाडीको रुपमा डेब्यु गरेका ३२ वर्षीय जोसेलु सन् २००६ पछि स्पेनबाट डेब्यु गर्ने पाका खेलाडी समेत बनेका छन् । जितसँगै स्पेनले युरो छनोटको समूह ‘ए’ मा ३ अङ्क जोडेको छ । यही समूहको अर्को खेलमा स्कटल्यान्डले साइप्रसलाई ३–० गोलले पराजित गरी ३ अङ्क जोडेको छ ।

त्यस्तै स्वीट्जरल्यान्डले बेलारुसलाई ५–० गोलको फराकिलो अन्तरले हराएको छ । गएराति भएको खेलमा स्वीट्जरल्यान्डका रेनाटो स्टेफेनले २९ मिनेटभित्रै ह्याट्रिक पूरा गरेका थिए । ग्रानिट झाँका र जेकी एमडोउनीले समान एक/एक गोल गरे ।

जितसँगै स्वीट्जरल्यान्डले समूह ‘आई’ मा ३ अङ्क जोडेको छ । यो समूहको अर्को खेलमा रोमानियाले एन्डोरालाई २–० ले पराजित गर्दा इजरायल र कोसोभोले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।  

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया