राष्ट्रिय मर्यादासम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

 चैत १२, २०७९ आइतबार १७:१०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ । आइतवार बसेको राष्ट्रिय सभाको बैठकबाट राष्ट्रिय मर्यादासम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत भएको हो ।

डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक सभासमक्ष पेस गर्नुभएको थियो । विधेयकमाथि सांसदहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो । विधेयकमा छलफल सकिएपछि राष्ट्रिय सभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक संसदबाट सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभयो । 

राष्ट्रिय सभाको अर्को बैठक यही चैत १६ गते बिहीवार बिहान ११ बजेर १ मिनेटमा बस्नेछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • एकनाथ आचार्य

    March 26, 2023, 5:19 p.m.

    खै त नयाँ मर्यादाक्रम Pdf

  •  0 Reply

तपाईको प्रतिक्रिया