इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - अफगानिस्तानसँगको तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा पाकिस्तान ६६ रनले विजयी भएको छ । गएराति शारजहामा भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ सय ८३ रनको लक्ष्य दिएको थियो । अफगानिस्तान १८ ओभर ४ बलमा १ सय १६ रनमा समेटियो ।
पाकिस्तान अन्तिम खेलमा विजयी हुँदा शृङ्खला क्लिन स्वीप हुनबाट जोगिएको छ । अफगानिस्तानका आजमतुल्लाह ओमरजाइले सर्वाधिक २१ रन बनाए । पाकिस्तानका इहसनउल्लाह तथा शादब खानले समान ३ विकेट लिए । इमाद वासिम, जमान खान र मोहम्मद वासिम जुनियरले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । पाकिस्तानका सैम अयुबले सर्वाधिक ४९ रन बनाए ।
अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट लिए । फजलउहक फारुकी, मोहम्मद नाबी, फरिद अहमद, राशिद खान र करिम जन्नतले एक/एक विकेट लिए । पाकिस्तानले तेस्रो खेल जिते पनि अफगानिस्तानले शृङ्खला २–१ ले जितेको छ ।
पहिलो खेलमा अफगानिस्तान ६ विकेटले तथा दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । अफगानिस्तानले पाकिस्तानसँग जितेको यो पहिलो शृङ्खला हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।