भोलि उपचुनाव हुने पालिका र वडाहरुमा सार्वजनिक बिदा
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - ललितपुर मेयर्स महिला च्याम्पिएनसिप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९ मा विभागीय टोली एपीएफ क्लबले लगातार चौथो जित हासिल गरेको छ । आज ललितपुर ११ लाई ३७ रनले पराजित गर्दै एपीएफले चौथो जित हासिल गरेको हो । एपीएफ एक खेल अगाडि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ।
आज जितका लागि एक सय ११ रनको लक्ष्य पछ्याएकाे ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७३ रन मात्रै बनाउन सक्यो । ललितपुरका लागि सोनी पाख्रिनले सबैभन्दा धेरै १५ रन बनाइन् । एपीएफका लागि राजमती ऐरी र विनु बुढाले दुई–दुई विकेट लिए । त्यसअघि त्रिवि मैदान एपीएफले टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेट गुमाएर एक सय १० रन बनायो । एपीएफका लागि राजमती ऐरीले अविजित ४१, कप्तान सीता रानामगरले १९ र विनु बुढाले १२ रन बनाए ।
ललितपुरका लागि शृष्टि जैसीले २, सिमाना केसीले २ विकेट हात पारे । तीनवटै खेल हारेको ललितपुर प्रतियोगिताबाटै बाहिरिसकेको छ । एपीएफले चैत १६ गते फाइनल खेल खेल्नेछ । फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लागेको छैन । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा चैत ९ गतेदेखि सुरु भएको प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश,नेपाल एपीएफ क्लब, मधेस प्रदेश र ललितपुर मेयर्स ११ को सहभागिता रहेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।