परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधि देशमा हुन नदिन सरकार दृढ र प्रतिबद्ध रहेको बताउनुभएको छ । नागरिककाे बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त याे उपलब्धिलाई गुम्न नदिन सरकार दृढ रहेको उहाँको भनाइ थियो ।
आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी कामलाई सम्पन्न गर्नका लागि सङ्क्रमणकालीन न्यायको कामलाई पूरा गर्ने काममा पनि सरकार गम्भीर रहेको बताउनुभयो । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई कार्यान्वयनको प्रक्रियामा लगेर त्याे समस्या समाधान गर्ने सरकारको योजना रहेको उहाँले सुनाउनुभयाे ।
उहाँले भन्नुभयो, ‘यो व्यवस्थालाई कमजोर पार्ने वा यसका उपलब्धिहरूमाथि धावा बोल्ने काम गर्न नदिन सरकार दृढ र प्रतिबद्ध छ । हामीले शान्ति प्रक्रियाको बाँकी काम पनि पूरा गर्नुछ । शान्ति प्रक्रियाको दुई वटा कार्यभार हामीले पूरा गर्याैँ । पहिलो र मुख्य कार्यभार राजनीतिक कार्यभार थियो । त्यो राजनीतिक कार्यभार भनेको संविधान सभाबाट संविधान बनाएर सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई संस्थागत गर्नु थियो । त्यो काम हामीले मूलभूतरूपमा पूरा गर्याैँ । दोस्रो प्राविधिक कार्यभार थियो । त्यो जनमुक्ति सेना वा माओवादी लडाकुहरूको समायोजन र व्यवस्थापनको कार्यभार थियो । त्यो पनि हामीले पूरा गर्याैँ । र तेस्रो एउटा कार्यभार पूरा गर्न बाँकी छ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कार्यभार । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई कार्यान्वयनको प्रक्रियामा लगेर यो सङ्क्रमणकालीन न्यायको कामलाई पनि पूरा गर्नुछ । तबमात्रै शान्ति प्रक्रिया समग्रमा सम्पन्न भएको स्थितिमा हामी पुग्न सक्छौँ । यो कुरामा पनि सरकार गम्भीर छ ।’
मन्त्री श्रेष्ठले सरकारले नागरिककाे जीवनमा परिवर्तन ल्याउनका लागि विकास र समृद्धिको अभियानलाई तीव्रता दिने लक्ष्य लिएको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।