राजस्थानले हैदराबादलाई ७२ रनले हरायाे, चहलले ४ विकेट लिए

 चैत १९, २०७९ आइतबार १९:४४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा राजस्थान राेयल्सले सनराइजर्स हैदराबादलाई हराएकाे छ । आज आइतवार भएकाे पहिलाे खेलमा राजस्थानले हैदराबादलाई ७२ रनले हरायाे । 

राजस्थानले दिएकाे २ सय ४ रनकाे लक्ष्य पछ्याएकाे हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनायाे । उसका लागि अब्दुल समादले नटआउट ३२ र मयंक अग्रवालले २७ रन बनाए । राजस्थानका युजवेन्द्र चहलले ४ र ट्रेन्ट बाेल्टले २ विकेट लिए । 

यसअघि हैदराबादमा टस हारेर ब्याटिङ गरेकाे राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका लागि सन्जु सामसनले ५५ तथा यशस्वी जयसवाल र जस बटलरले ५४/५४ रन बनाए । हैदरावादका थंगरसु नटराजन र फजलहक फरुकीले २/२ विकेट लिए ।

याे जितसँगै राजस्थान २ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । हैदराबाद तालिकाकाे पुछारमा छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया