चेल्सीका मुख्य प्रशिक्षक ग्राहम पोटर बर्खास्त

 चैत २०, २०७९ सोमबार १०:४१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चेल्सीले मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ ।

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक पोटरलाई बर्खास्त गरेको हो । उनी प्रशिक्षक भएको ७ महिनामै बर्खास्तीमा परेका हुन् । उनको नेतृत्वमा भएको खेलमा चेल्सीले ३१ मा ११ खेलमा हार बेहोरेको छ ।

थोमस टुचेललाई बर्खास्त गरेपछि गएको सेप्टेम्बरमा चेल्सीले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनी बर्खास्त भएपछि चेल्सीले अब नयाँ प्रशिक्षकको खोजी सुरु गरेको छ ।

चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको ११औँ स्थानमा छ । उसले ३८ अङ्क जोडेको छ । पछिल्लो खेलमा पनि चेल्सी पराजित भएको थियो । शनिवार राति भएको खेलमा चेल्सी एस्टन भिल्लासँग २–० गोल अन्तरले पराजित भएको हो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया