‘भुटानी रोनाल्डो’ मच्छिन्द्रमा आबद्ध

 चैत २०, २०७९ सोमबार १८:५५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – डिफेन्डिङ च्याम्प्यिन मच्छिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगका लागि भुटानका कप्तान तथा स्ट्राइकर चेन्चो ग्याल्सेनलाई सोमवार अनुबन्ध गरेको छ ।

मच्छिन्द्रले सोमवार पत्रकार सम्मेलन गर्दै आधिकारिकरूपमा चेन्चोलाई आउँदाे चरणका लिगका लागि अनुबन्ध गरेको जनाएको हो । मच्छिन्द्रका अनुभवी खेलाडीहरू अस्ट्रेलिया गएपछि कठिन अवस्थामा रहेको थियो । नेपालमा हुँदै गरेको लिगका लागि अध्यक्ष सुनिल कपाली र चेन्चोले सम्झौतापत्रमा हस्ताक्षर गरे । क्लबले चेन्चोलाई कति रकममा अनुबन्ध गरेको भन्ने खुलाएको छैन ।

सम्झौतापछि बोल्दै चेन्चोले नेपालमा चलिरहेको लिगमा अनुबन्ध हुँदै खेल्न पाउँदा खुसी लागेको बताए । उनले यसअघि भारतबाट खेलेको र नेपालमा पनि फुटबलको करियरमा जोडिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

सम्झौतासँगै ‘भुटानी रोनाल्डो’ को नामले चर्चित चेन्चो लिगको छैटौँ चरणदेखि मच्छिन्द्रको जर्सीमा देखिने भएका छन् । मच्छिन्द्रले छैटौँ चरणको खेलमा आउँदाे बुधवार हिमालयन शेर्पासँग खेल्दैछ ।

प्रधानमन्त्री थ्री नेसन्स कप खेल्न नेपाल आएका चेन्चोले प्रतियोगितापछि मच्छिन्द्रको टिमसँग प्रशिक्षण सुरु गरेका थिए र मच्छिन्द्रले सबै प्रक्रिया पूरा गरेर उनलाई सोमवार सार्वजनिक गरेको हो । सुरुवाती दुई खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजय भोगेको मच्छिन्द्रले चेन्चोको आगमनपछि लयमा फर्किने विश्वास लिएको छ । पछिल्लो पटकको च्याम्पियन मच्छिन्द्रले पाँच खेल खेल्दा पाँच अङ्क नै बटुलेको छ ।

चेन्चाेले भुटानकाे राजधानी थिम्पुको यिड्जिन फुटबल क्ल्वबाट सन् २००८ मा करियर सुरु गरेका थिए । चेन्चो २०१५ सम्म घरेलु फुटबलमै व्यस्त रहँदै आएका थिए । त्यसपछि थाइल्यान्डको बुरिराम युनाइटेडसँग आबद्ध हुँदा उनी विदेशी लिग खेल्ने पहिलो भुटानी खेलाडी बनेका थिए ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया