उपचुनाव : उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै, चुनाव चिह्न पनि आजै दिइने

 चैत २३, २०७९ बिहीबार ७:३६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आगामी वैशाख १० गते हुने उपचुनावका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदैछ । निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले चुनाव चिह्न पाउनेछन् । त्यस अघि उम्मेदवारी फिर्ता लिन इच्छुकलाई बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । यो समयमा उम्मेदवारी फिर्ता लिन चाहनेले फिर्ता गर्न सक्नेछन् ।

आज उम्मेदवारले चुनाव चिह्न पाएपछि उपचुनावको प्रसारप्रसार औपचारिकरुपमा सुरु हुनेछ । चुनाव हुनु ४८ घण्टा अगाडिसम्म उम्मेदवारले प्रचारप्रसार गर्न पाउने छन् ।  उम्मेदवारी दर्ता गराएकाविरुद्ध परेको उजुरीमाथि हिजो जाँचबुझ गरिएको थियो ।

चितवन क्षेत्र नम्बर २ मा उम्मेददवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेका उजरी खारेज भएका छन् । उजुरी खारेज भएपछि उहाँको उम्मेदवारी कायमै छ । आउँदो बैशाख १० गते चितवन २ सहित तनहुँ १ र बारा २ मा चुनाव हुँदैछ ।  

गएको मङ्सिर ४ गते भएको चुनावमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपचुनाव हुन लागेको हो । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया