संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै

 चैत २३, २०७९ बिहीबार ८:२६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी छ ।

गएको मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा साझा कार्यक्रममाथि छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको हो । कार्यदलले तयार पारेको सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा विभिन्न विषयलाई समेटिएको छ ।

मुख्य गरी अहिलेको आर्थिक अवस्था र यसको सुधारका लागि प्रयास, कृषि क्षेत्र, पर्यटन, जलस्रोतलगायतलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै एउटै विवरणसहितको राष्ट्रिय परिचयपत्रलाई अगाडि बढाउने विषय पनि समेटिएको छ ।

शान्ति प्रक्रियालाई पूर्णता दिने, सङ्क्रमणकालीन न्यायका सबै प्रक्रिया तत्काल पूरा गर्ने प्रतिवद्धता पनि साझा न्यूनतम कार्यक्रममा समावेश रहेका छन् । कार्यदलले तयार पारेको कार्यक्रम आज सत्ता गठबन्धनको बैठक बसेर अन्तिम रुप दिइनेछ । अनि गठबन्धनको बैठकले अनुमोदन गरेपछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ ।

कार्यदलमा नेपाली कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल हुनुहुन्छ । 
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया