आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले श...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले विदेशबाट ऋण ल्याएको ल्यायै गरे पनि हरेक दिन बेरोजगारी समस्या बढेको भन्दै यसको जवाफ अहिलेसम्मका प्रधानमन्त्रीहरूले दिनुपर्ने बताउनुभएकाे छ ।
बिहीवार प्रतिनिधि सभाकाे आकस्मिक समयमा बाेल्दै सांसद शाहीले भन्नुभयाे, ‘विदेशबाट ऋण ल्याएको ल्याएकै गर्ने । यहाँ हरेक दिन बेरोजगारी बढेको बढेकै छ । त्यो पैसा कहाँ गयो ? यो पैसाको एक–एक हिसाबकिताब अहिलेका प्रधानमन्त्रीहरूले र आजसम्म भएका प्रधानमन्त्रीहरूले जवाफ दिनुपर्छ । विदेशीसँग ऋण मागेकाे पैसा कहाँ गयो ?’
सांसद शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै सङ्घीयताको विरोध गर्नुभयो । उहाँले सङ्घीयता कार्यकर्ता भर्ती गर्ने ठाउँ भएको टिप्पणी गर्नुभयाे । कहीँ पनि नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भएको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘पाँच वर्षमा प्रदेशका नाममा १५ खर्ब ९९ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ गयो । यदि एक अर्ब बराबर ३०० जना कर्मचारी राख्न सकिन्छ भने जम्मा ४ लाख ८९ हजार ६०० जनाले रोजगारी सिर्जना गर्न सकिन्छ । म आग्रह गर्न चाहन्छु– प्रदेश एउटा पहिचानका लागि चाहिन्छ, ठूलो देश भयो भने केन्द्रीकरण गर्न चाहिन्छ । तर आज देशमा सङ्घीयता कार्यकर्ता भर्ती गर्ने, कहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो । यसरी देश, विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
देबिराज न्यौपाने
April 6, 2023, 3:24 p.m.पछिल्लो एकदशक यता देशमा बेराजगारी बढेको बढ्यैछ । कुनै दल वा समुह मा लागेको व्यक्ति ले भनसुन को आधारमा सानो तिनो राजगारी पाएपनि नित्तान्त निमुखा , गरीब तथा भुई मान्छे को पिडा न कतै सुन्दिने निकाय छ न त उपयुक्त कानुनी निकाय छ , अन्यय लाई टुलु टुलु हे हेर्दै बिदेशीनु को विकल्प छैन !! नित्तान्त मेरो व्याक्तिगत कुरा गर्ने हो भने मैले त्रिचन्द्र कलेज बाट B.sc सकेर दुई वटा विद्यालयमा गरी २०७१ बाट अस्थाई अध्यापन २०७९ असोज सम्म गरे तर राजनीतिक नियुक्ति को कारण मैले छोड्नु पर्यो । अहीले विद्यालय क्षेत्रमाखुल्ने गरेका अस्थाई करार विज्ञापन आवेदन दिन्छु तर पालिकाहरुमा आफ्नो पाटीको मान्छे अगाडी तयार गरेर केवल प्रक्रिया मात्र प्रागर्ने गरेका छन ... अब ९ बर्ष शिक्षण सेवा गरेको पश्चाताप मनभरी बोकेर बिदेश जाने मनमनै तानामाना बुन्दैछु । यो देश केवल गरीब, किशान को पशिनाले राजनीति कर्मी पालिने देश बन्यो त्यसैले निश्पक्ष र स्वतन्त्र राजनीति गरी सबै लाई समान आँखाले हेर्ने नेतृत्व को उदयहोस मेरो कामना ॥ धन्यवाद !!