‘आयाेगले आचारसंहिता उल्लङ्घन गर्ने कसैलाई छोड्दैन’

 चैत २३, २०७९ बिहीबार १६:३०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – बारा, चितवन र तनहुँमा वैशाख १० गते हुने उपचुनावका लागि भाेलि शुक्रवार (चैत २४ गते) देखि आचारसंहिता लागू हुने भएको छ । वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नम्बर १, चितवन २ र बारा २ मा हुने उपचुनावका लागि भाेलिदेखि आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको हो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार निर्वाचन आयोग र निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठक बसेर चैत २४ गतेदेखि सम्बन्धित सबै पक्षहरूमा लागू हुने गरी उपचुनाव प्रयोजनार्थ आचारसंहिता लागू हुने बताउनुभयो । उहाँले आचारसंहिता उल्लङ्घन भए उल्लङ्घन गर्नेलाई सजायको भागिदार गराउन आयोगले कुनै कसुर बाँकी नराख्नेमा सचेत गराउनुभयाे ।  

उहाँले भन्नुभयो, ‘उपचुनावका लागि चैत २४ गतेदेखि आचारसंहिता लागू गर्ने गरी निर्णय भएकाे छ । कतिपय आचारसंहिताको विषयवस्तु सङ्घीय सरकार, प्रदेश सरकार, पालिकालगायत सबैलाई लागू हुन्छ । आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा विभिन्न निकायहरूलाई कडाइका साथ परिपालना गर्न निर्देशन गरेका छौँ । यदि कसैले उल्लङ्घन गर्छ भने ऊ सजायको भागिदार हुनेछ । कसैबाट पनि आचारसंहिता उल्लङ्घन हुनेछैन ।’

निर्वाचन आयुक्त भण्डारीले विगतका चुनावकाे अनुभव रहेकाले उपचुनावमा राम्रोसँग आचारसंहिता कार्यान्वयन गराउने पक्षमा आयोग रहेको स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया